काठमाण्डौ। नेपाल खेलकुद महासंघको साताव्यापी प्रशिक्षण अभियान चौथो दिन सम्पन्न भएको छ।
महासंघको खेलकुद र खेल नीति : पार्टी र राजनीति विषयमा सात दिन सम्म चल्ने जुम प्रविधिमार्फत संचालन भैरहेको प्रशिक्षणमा विभिन्न राजनीतिक र खेलकुदका विषयलाई समेटिएको छ।
एक साथ खेलकुद र खेल नीति : पार्टी र राजनीति, कोभिड (नो भिड र संघीय, प्रदेस र स्थानीय तहमा बजेट व्यवस्थापनका अवधारणा निर्माण अभियानलाई एक साथ संचालन गरिरहेको महासंघले सिदान्त, गतिविधि, नीति र राजनीतिका गहन विषयमा केन्द्रिय पदाधिकारी र सदस्यहरुलाई परिचालित हुनका लागि आग्रह गरेको छ।
२८ औ मदन (आश्रित दिवसको अवसरमा जेष्ठ ३ गते बाट सुरू भएको प्रशिक्षणमा पहिलो दिन नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको प्रमुख आतित्यतामा प्रशिक्षण उद्घाटन गरिएको थियो । सोहि दिन नेकपा एमाले सुदुर पश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले पनि संबोधन गरेका थिए।
प्रशिक्षणको दोस्रो दिनमा महासंघका प्रथम उपाध्यक्ष गोविन्द भट्टराईले खेलकुद राष्ट्रिय अन्तराष्ट्रिय संघ संगठनका बारेमा प्रस्तुती दिएका थिए भने महासचिव मेघराज पौडेलले नेकोसको परिचय र उदेश्यका बारेमा प्रस्ट पारेका थिए।
प्रशिक्षणको तेश्रो दिन नेकपा एमालेका केन्द्रिय स्कुल विभागका सचिव ईश्वरी रिजालले मार्क्सवादको परिचय र विशेषताका बारेमा प्रशिक्षण प्रदान गरेका थिए । डा प्रकाश प्रधानले आधुनिक समाजका लागि खेल बिज्ञान भन्ने विषयमा प्रस्तुतीकरण दिएका थिए।
साताव्यापी सो प्रशिक्षणको चौथो दिनमा रिजालले लेनिनवादी संगठनात्मक सिदान्तका बारेमा बिस्तृत प्रशिक्षण प्रदान गरेका थिए । गण्डकी प्रदेस खेलकुद परिषदका सदस्य सचिव तेज गुरुङले समाज रुपान्तरणका लागि खेलकुद विषयमा प्रस्तुतिकरण दिएका थिए।
प्रशिक्षणमा राजनीतिक र अन्य विषयसंगै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको अनुभवको वारेमा पनि प्रस्तुतिकरण गर्ने गरेका छन।
आफ्नो संघर्ष ,उपलव्धि र अनुभवका बारेमा हालसम्म चर्चित फुटबलर खेलाडी हरि खड्का, साफमा स्वर्ण पदक बिजेता अनु अधिकारी, महिला भलिबल खेलकी राष्ट्रिय कप्तान अरुणा शाही लगायतले प्रस्तुति दिएका थिए।
खेलकुद र खेल नीति : पार्टी र राजनीति भन्ने उदेश्यलाई सफल बनाउनका लागि धेरै भन्दा धेरै अनुभवी खेलाडी तथा खेलकर्मीलाई महासंघको अभियानमा सामेल गराउन प्रशिक्षणमा सो खण्ड राखिएको महासंघले बताएको छ।