काठमाडौं । नेपाल खेलकुद महासंघले महानगरीय ट्राफिक महाशाखालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
कोभिड–१९ को संक्रमणबाट बच्न महासंघले महानगरीय ट्राफिक महाशाखालाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
महासंघका अध्यक्ष रमेश पौडेल नेतृत्वको टोली शनिबार महाशाखाको रामशाहपथस्थित कार्यालय पुगेर महाशाख प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्यो ।
कार्यक्रममा केन्द्रिय अध्यक्ष पौडेल सहित वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेत, प्रथम उपाध्यक्ष गोविन्द भट्टराई, महासचिव मेघराज पौडेल र उपमहासचिवद्धय शान्तामाया परियार तथा रामकृष्ण खड्काको उपस्थिती रहेको थियो ।
महासंघले स्वास्थ्य सामाग्री अन्तर्गत मास्क, सेनिटाईजर, ग्लोभस, फेस सिल्ड लगायतका सामाग्री वितरण गरेको हो ।
महासंघले कोभिड–नो भिड अभियान अन्तर्गत देशभर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
महासंघकै नेतृत्व काठमाडौं सहित देशभरका विभिन्न स्थानमा स्वास्थ्य सामाग्री वितरणको कार्यक्रम भईरहेको छ ।