काठमाडौं । बैशाख २२ गते आज । अखिल नेपाल फुटबल संघले आजको दिनलाई एन्फा डेको रुपमा हरेक वर्ष मनाउँदै आएको छ ।
एन्फा प्रवक्ता किरण राईले बुधबार बिज्ञप्तीमार्फत एन्फा डेको शुभकामना व्यक्त गरेका हुन् ।
एन्फाले कोभिड १९ का कारण उत्पन्न प्रतिकुल अवस्थाका कारण एन्फा डेको अवसरमा आयोजना गर्ने भनिएका सबै पूर्वनिर्धारित कार्यक्रम यस वर्षलाई स्थगित गरिएको बताएको छ ।
एन्फाले आजको दिनमा फुटबल क्षेत्रमा लागेका हरेक विधाका व्यक्तित्वलाई सम्मान गर्दै एन्फा डे मनाउँदै आएको थियो ।
कोरोनाको कारण गत वर्ष समेत एन्फा डेको कार्यक्रम प्रभावित बनेको थियो ।
कर्माछिरिङ शेर्पा अध्यक्षमा निर्वाचित भएर आएपछि बैशाख २२ गतेलाई एन्फा डेको रुपमा मनाउने निर्णय गरेको थियो ।
फुटबल संघको आफ्नै दिवस समेत नभएको अवस्थामा एन्फाले यस दिनलाई एन्फा डेको रुपमा मनाउने सुरुवात गरेको हो । बैशाख २२ गतेनै एन्फामा शेर्पा नेतृत्वको कार्यसमिति निर्वाचित भएको थियो ।