लाइपजिग फाइनलमा
एजेन्सी । आरबी लाइपजिग जर्मन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार राति भएको सेमिफाइनलमा वेर्डेर ब्रेमेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै लाइपजिग उपाधि नजिक पुगेको हो ।
लाइपजिगलाई जित दिलाउन हि-चान ह्वाङ र इमिल फोर्सवर्गले एक एक गोल गरे । ब्रेमेनका लियोनार्दो बिटनकोर्टले एक गोल फर्काए ।
खेलको निर्धारित ९० मिनेटमा समय गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि खेल अतिरिक्त समयमा गरेको थियो ।
खेलको ९३ औं मिनेटमा हि चानले गोल गर्दै लाइपजिगलाई सुरुवाती अग्रता दिलाए ।
अतिरिक्त समयको थप गरिएको पहिलो मिनेटमा ब्रेमेनका लियोनार्दाेले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि अतिरिक्त समयको इन्जुरी समयको पहिलो मिनेटमा इमिलले गोल गर्दै लाइपजिगलाई २-१ को जित दिलाए ।
उपाधिका लागि लाइपजिगले अब बोरुसिया डर्टमण्ड र होल्सटेइन केइलबीचको विजेतासँग खेल्नेछ ।
डर्टमण्ड र केइलबीचको दोस्रो सेमिफाइनल आज राति हुनेछ ।