काठमाडौं । एमाले निकट नेपाल खेलकुद महासंघको जम्बो केन्द्रिय समितिको घोषणा गरिएको छ ।
एमाले अध्यक्ष केपी ओली पक्षीय नेताहरु सम्मिलित नेपाल खेलकुद महासंघ ८ सय ४५ सदस्यीय बनेको हो ।
बैशाख ७ गते काठमाडौंमा भएको ओली पक्षको राष्ट्रिय कार्यकर्ता भेलाले केन्द्रिय कमिटी, आयोगहरु, सल्लाहकार कमिटि लगायत मातहतका प्रदेश, जिल्ला तथा महानगर कमिटि गठन गरेको थियो ।
भेलाको एक हप्तापछि महासंघले केन्द्रिय कमिटी सहितको नामावली सार्वजनीक गरेको हो ।
महासचिव मेघराज पौडेलद्धारा जारी बिज्ञप्ती अनुसार रमेश पौडेलको नेतृत्वमा गठित केन्द्रिय कमिटीमा परशुराम (कृष्ण) बस्नेत बरिष्ठ उपाध्यक्ष छन् भने गोविन्द प्रसाद भट्टराई प्रथम उपाध्यक्ष छन् ।
अध्यक्ष पौडेल सहित परशुराम युवा संघबाट खेलकुद महासंघको राजनीतिमा आएका हुन् ।
प्रथम उपाध्यक्ष बनेका भट्टराई नेपाली खेलकुदमा सक्रिय नाम हो । साहसीक तथा पर्यटकीय खेलकुद महासंघको केन्द्रिय अध्यक्ष रहेका भट्टराईले लामो समयदेखि मोटर स्पोर्ट्समा समेत आबद्ध छन् । उनी पछिल्लो समय साहसीक तथा पर्यटकीय खेलकुद महासंघको अध्यक्षको हैसियतमा राखेपको बोर्ड सदस्य छन् ।
यस्तै, कमिटिमा १५ जना उपाध्यक्ष छन् । जसमा युवा संघका पूर्व नेतादेखि एमाले अध्यक्ष ओली निकटको मदन भण्डारी स्पोर्टस एकेडेमीमा आबद्ध नेताहरु छन् । राखेपको बोर्ड सदस्य रहेका सुभाष श्रेष्ठदेखि यकेन्द्र कुँवर, मानदेव हजारा समेत महासंघको उपाध्यक्षमा अटाएका छन् ।
एमालेको महाधिवेशनबाट निर्वाचित खेलकुद महासंघमा माधव नेपाल समुहका पुरुषोत्तम पौडेल अध्यक्ष छन् । पाटीभित्रको अन्तरसंघर्ष बढ्दै गएपछि ओली पक्षले समेत खेलकुद महासंघको नयाँ कमिटी गठन गरेको हो ।
ओली पक्षको भेलाले गठन गरेको केन्द्रिय कमिटी, आयोग, सल्लाहकार कमिटी लगायत मातहतका प्रदेश, जिल्ला तथा महानगरका कमिटीमा आबद्ध पदाधिकारी तथा सदस्यको नामावली :