नेयमार पीएसजीमा खुसी
२०२१ अप्रिल २८, बुधबारखेलपाटी संवाददाता

एजेन्सी । ब्राजिलियन फरवार्ड नेयमारले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा खुसी रहेको बताएका छन् ।
नेयमारले यस सिजन पीएसजीमा सबैभन्दा खुसीको क्षण बिताईरहेको बताएका हुन् ।
'यस वर्ष पीएसजीले वास्तबमै सुधार गरेको छ । हामीले सुधार गर्न धेरै काम गरेका छौँ,' नेयमारले भने, 'मैले साच्चिकै महान महसुस गरेको छु । खुसी छु । यस सिजन म धेरै खुसी छु ।'
यस्तै नेयमारले आफुहरु च्याम्पियन्स लिग जित्न चाहेको समेत बताए ।
'हामी वास्तबमै च्याम्पियन्स लिग जित्न चाहन्छौ,' उनले भने ।
सन् २०१७ मा बार्सिलोनाबाट कीर्तिमानी मुल्यमा पीएसजी आएका नेयमारले क्लबका लागि कुल १ सय ९ खेल खेल्दै ८४ गोल गरिसकेका छन् ।
यस सिजन नेयमारले सबै प्रतियोगितामा गरी २४ खेलमा १४ गोल गरेका छन् ।