चार अफ्रिकन खेलाडी समातिए

इलाम । नेपालबाट अवैध बाटो प्रयोग गरी भारत पुगेका चार जना अफ्रिकन फुटबल खेलाडीलाई भारतीय एसएसबीले नियन्त्रणमा लिएको छ।
मेचीनगर नगरपालिका–४ बाहुण्डागीस्थित मिलन चोकको नाकाबाट प्रवेश गरेका उनीहरुलाई नेपाल–भारत सीमा पिलर नजिकैबाट एसएसबी ८ बी बटालियनको टोलीले टुक्रिया बस्ती नजिकैबाट सोमबार दिउँसो साढे ३ बजे नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका रिपब्लिक क्यामरुनका २५ वर्षीय टीना टीना डायडर, सोही ठाउँका ३० वर्षीय अगौमे अम्बासा लिन राउल, रिपब्लिक गिनी बिसाऊका २० वर्षीय क्यामरा फोफाना उसुमाने र रिपब्लिक बेनिनका २२ वर्षीय एडजोबो ओडजुमोनला आर्मल ओडिलो रहेका भारतीय एसएसबीले जनाएको छ ।
एसएसबीले उनीहरूको साथबाट एक थान पासपोर्ट, भारतीय रुपैयाँ ४८ हजार ३ सय ३०, नेपाली ५० रुपैयाँ, फुटबल जुत्ता र ब्याग बरामद गरेको छ ।
उनीहरू नेपाली फुटबल टिमका लागि सम्झौता अनुसार खेल्न नेपाल आएको र सम्झौता सकिएपछि भारत जान खोजेको उनीहरूले एसएसबीले बयान दिएका छन् ।
एसएबसीले नियन्त्रणमा लिएका चारै जनालाई आवश्यक कारबाहीका लागि नक्सालवारि प्रहरीलाई जिम्मा लगाइसकेको छ ।
कोरोना भाइरसको सङ्क्रमणले सीमा नाकामा यहाँका सुरक्षाकर्मीले कडाइ गरे पनि उनीहरू चोर बाटोबाट भारत प्रवेश गर्न खोजेका थिए ।









-1771251202949.avif&w=3840&q=75)



%20(1)-1771145193825.jpeg&w=3840&q=75)
