पहिलो हाफमा ललितपुर र चितवनको बराबरी
२०२१ अप्रिल २६, सोमबारखेलपाटी संवाददाता

काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा अहिले ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा ललितपुर र चितवनले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा ललितपुरले पेनाल्टीमा गोल गर्न सकेन् । खेलको २१ औं मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार गोलकिपर विशाल सुनारले बचाए ।
चितवनले पहिलो हाफमा खासै उत्कृष्ट आक्रमण गर्न सकेन ।
आज ललितपुर पहिलो जित निकाल्ने योजनामा हुनेछ ।
उद्घाटन खेलमा ललितपुर काठमाडौं रेजर्ससँग १-० ले स्तब्ध भएको थियो ।
यता, चितवन भने प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ ।