महिला आत्मरक्षा तालिम सम्पन्न
सोमबार, २३ चैत्र २०७७खेलपाटी संवाददाता

काठमाडौं । नेपाल राष्ट्रिय मुवाँथाइ संघको आयोजनामा महिला आत्मरक्षा तालिम सम्पन्न भएको छ ।
‘महिला हिंसा विरुद्ध मुवाँथाई’ भन्ने नारासहित आयोजित तालिममा २५ जना सहभागी थिए ।
साताव्यापी तालिम दक्षिणकाली नगरपालिका, वडा १, चाल्नाखेलस्थित एसियाली तारा पुञ्जमा भएको तालिममा आयोजक संघका अध्यक्ष समेत रहेका मुवाँथाईका प्रमुख प्रशिक्षक गणेशलाल कक्षपति, सरोज थापा मगर, सञ्जय राई, भोलाकुमार राई र दीपा शाहीले प्रशिक्षण दिएका थिए ।
सहभागीलाई दक्षिणकाली नगरपालिकाकी मेयर बसन्ती डंगोल र वडा १ का अध्यक्ष जय थापा मगरले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।








%20(2)-1765947464452.png&w=3840&q=75)
-1766743021282.jpeg&w=3840&q=75)


_1727591754-1766731628489.jpg&w=3840&q=75)



