बायर्नको साँघुरो जित
आइतबार, चैत २२, २०७७खेलपाटी संवाददाता

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बायर्नले आरबी लाइपजिगलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
लाइपजिगको मैदानमा बायर्नलाई जित दिलाउन लियोन गोर्टेज्काले निर्णायक गोल गरे ।
खेलको ३८ औं मिनेटमा लियोनले निर्णायक गोल गरेका थिए ।
यस जितसँगै बायर्नले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ ।
बायर्नले २७ खेलमा ६४ अंक जोडेको छ ।
दोस्रो स्थानमा रहेको लाइपजिगको ५७ अंक रहेको छ ।








-1763024272658.jpeg&w=3840&q=75)




-1762997834781.jpeg&w=3840&q=75)