काठमाडौं । ढोरपाटन क्लबको आयोजनामा भएको भलिबलको बेसिक लेभल वान कोचेज कोर्ष सम्पन्न भएको छ ।
नेपाल भलिबल संघको सहयोगमा भएको लेभल वान कोर्षमा ६० जनाको सहभागिता रहेको थियो ।
कोर्षमा सहभागितामध्ये ५१ जना उत्तीर्ण भएका छन् । ९ जनाले भने कोर्ष उत्तीर्ण गर्न नसकेको ढोरपाटनका अध्यक्ष मनवीर छन्त्यालले बताए ।
यस कोर्षमा उत्तीर्णले सहायक प्रशिक्षक भएर काम गर्न पाउने छन् ।
कोर्षमा सहभागीलाई कोर्षका डिरेक्टर कपिल किशोर श्रेष्ठको नेतृत्वमा उत्सव खड्का र अन्तर्राष्ट्रिय रेफ्री कुल बहादुर रानाले प्रशिक्षण दिएका थिए ।
यस कोर्षले धेरै कुरा सिकाउँन सकिएको अध्यक्ष छन्त्यालले बताए ।
'यो कार्यक्रमले धेरै कुरा सिक्न र सिकाउँन पाइयो । पहिलोपटक भएको यो कार्यक्रम सफल भयो । उत्तीर्णलाई ट्रेनिङ सेन्टर खोलेर खेलाडी उत्पादन गर्न भनेको छु,' उनले भने ।