काठमाडौं । एकेन्द्र कुँवर पर्वतीय खेलकुद महासंघ नेपालको उपाध्यक्षमा मनोनित भएका छन् ।
सुदुरपश्चिमबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा नियुक्त भएका कुँवरलाई महासंघले रिक्त रहेको उपाध्यक्ष पदमा मनोनित गरेको हो ।
महासंघले रिक्त रहेको उपाध्यक्ष पदमा बिच गेम हेर्ने तथा कर्णाली र सुदुरपश्चिम प्रदेशको जिम्मेवारी सहित कुँवरलाई मनोनित गरिएको जनाएको छ ।
युवा तथा खेलकुद मन्त्री दावा लामाले गत हप्तामात्र कुँवरलाई राखेपको कार्यकारी समितिमा मनोनित गरेका थिए । उनीसंगै मन्त्रीको कोटाबाट नन्दा बस्याल राखेपको कार्यकारी समितिमा नियुक्त भएका थिइन् ।
एकेन्द्रको सक्रियतामा परम्परागत, शाहसिक तथा पर्यटकीय खेलकुद मार्फत दिगो ‘पर्यटन प्रबद्र्धन गर्ने अभियानमा सफलता मिल्ने विश्वास महासंघले लिएको छ ।’ अध्यक्ष गोबिन्द्र भट्टराईद्धारा हस्ताक्षर रहेको नियुक्ति पत्रमा उल्लेख गरिएको छ ।
एकेन्द्र यसअघि समेत राखेपको बोर्ड सदस्य थिए । उनलाई सरकारले दोस्रो पटक राखेपको बोर्ड सदस्यमा नियुक्त गरेको थियो । नयाँ खेलकुद ऐन अनुसार उनले दोस्रो कार्यकालमा राखेपको कार्यकारी समितिमा समेत नियुक्ति पाएका छन् ।