काठमाडौं । वीर गणेशमान सिंह रोड रेसमा ४ सय बढी दौडने भएका छन् ।
आयोजक वीर गणेशमान सिंह स्पोर्टस कमिटिले भोलि (शनिबार) हुने दौडमा भारत र सिंगापुर सहित नेपालका ४ समय बढी धावकले प्रतिस्पर्धा गर्ने जानकारी दिएको छ ।
आयोजकले शुक्रबार एक सुचना जारी गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको छ ।
शनिबारको दौडमा सागका स्वर्णधारी गोपीचन्द्र पार्की र सन्तोषी श्रेष्ठले समेत दौडने आयोजकले जानकारी दिएको छ । दुवैले यसअघिको वीर गणेशमान रोड रेसको उपाधि उचालेका थिए ।
१० किलो मिटरको रोड रेसमा महिला तर पुरुषतर्फको विजेताले ६० हजार, दोस्रो हुनेले ३० हजार, तेस्रो हुनेले १५ हजार, चौथो हुनेले १० हजार र पाँचौ हुनेले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताका संयोजक सञ्जीब तुलाधरले छैटौंदेखि दशौँ सम्मकालाई समान ४–४ हजार बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने बताए । दौडमा अघिल्लो वर्षको कीर्तिमान भंग गर्नेलाई १० हजारले पुरस्कृत गरिने बताईएको छ ।
दौड शेर्पा मल दरबारमार्गबाट सुरु भएर महेन्द्र शालिक,रत्नपार्क, भद्रकाली,शहीदगेट, विर हस्पिटल, भोटाहिटी, राजदरबार संग्राहलय दक्षिणगेट, केशरमहल,लैनचौर, लाजिम्पाट, महाराजगन्ज,शिवपुरी स्कुल,बालुवाटार, भाटभटेनी,टंगाल, वालमन्दिर,पुलिस हेडक्वाटर,गौरीधारा,राजदरबार उत्तर पूर्वमोड,नागपोखरी, जयनेपाल सिनेमा हल हुँदै पुन: शेर्पा मल दरबार मार्गमा समापन हुनेछ l