काठमाडौं । प्रथम देवसुन्दर यादव राष्ट्रिय महिला तथा पुरुष खुल्ला भारोत्तोलन प्रतियोगितामा नेपाल पुलिस क्लबले १४ स्वर्ण पदक जितेको छ ।
राजविराजमा २० स्वर्णका लागि भएको प्रतियोगितामा पुलिसले १४ स्वर्णपदक सहित ४ रजत पदक जितेको हो ।
प्रतियोगितामा महिलातर्फ तारादेवी पुनले ८७ केजी तौल समूहमा स्वर्णपदक जितिन् ।
५९ केजी तौल समूहमा देवी चौधरी, ७१ केजी तौल समूहमा जुनुमायाँ छन्त्याल, ८१ केजी तौल समूहमा जानकी बुढा, ४९ केजी तौल समूहमा संगिता राईले स्वर्णपदक जिते ।
यस्तै, ७६ केजी तौल समूहमा पुजा कुमाल, ५५ केजी तौल समूहमा टीकामायाँ गुरुङ, ४५ केजी तौल समूहमा हीरा मोती थारु, ८७ माथि केजी तौल समूहमा सुधा थापाले स्वर्णपदक जिते । ७६ केजी तौल समूहमा विद्या राईले रजत जितिन् ।
यसैगरी पुरुषतर्फ ८१ केजी तौल समूहमा विकास थापा, १ सय ९ माथि केजी तौल समूहमा राजिव महर्जन, १ सय २ केजी तौल समूहमा सागर भण्डारी, ९६केजी तौल समूहमा विशाल सिंह विष्टले स्वर्णपदक जिते ।
६७ केजी तौल समूहमा प्रकाश केसीले स्वर्णपदक, ६१ केजी तौल समूहमा मुई लामा, ५५ केजी तौल समूहमा गणेश रानाभाट र ५५ केजी तौल समूह जुनियरतर्फ लालबाबु पाष्वान रजत पदक जितेका थिए ।
प्रतियोगितामा महिलामा तारादेवी पुन र पुरुषमा कञ्चनपुरका १ सय ९ तौल समूहका सुवास उपाध्यय स्ट्रङगेष्ट खेलाडी चुनिए ।
उनीहरुले समान ५–५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाए । बाँकी खेलाडीले ट्रफी, मेडल र प्रमाणपत्र पाए ।