बिहिबार, ०७ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

झापा स्पोर्ट्स अवार्ड आज

शुक्रबार, २८ फाल्गुण २०७७खेलपाटी संवाददाता
झापा स्पोर्ट्स अवार्ड आज
Loading ad...
mustang rice ad

इलाम । चौथो संस्करणको ‘झापा स्पोर्टस् अवार्ड २०७६’ आज हुँदैछ ।

बिर्तामोडको सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा आयोजना हुने अवार्ड कार्यक्रम साँझ ५ बजे सुरु हुनेछ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले आयोजना गर्दै आएको ‘झापा स्पोर्टस् अवार्ड’ को चौथो संस्करणमा सात विधाका आठजना खेल प्रतिभालाई नगदसहित सम्मान गरिने अध्यक्ष हिमाल खरेलले जानकारी दिए ।

मञ्चले यसअघि पत्रकार सम्मेलन गरेर विभिन्न चार विधाका मनोनितहरु सार्वजनिक गरिसकेको छ । प्रत्येक विधामा तीनतीनजना प्रतिभा छनोट गरिएको प्रतिभा छनोट समितिका संयोजक सचित आनन्द सुब्बाले बताए । मनोनितमध्ये एकजनाले कार्यक्रमको दिन नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।

यसपालिको अवार्ड कार्यक्रममा वर्ष उत्कृष्ट खेलाडी (पुरुष) मा अनन्त तामाङ (फुटबल), सेसेहाङ आङदेम्बे (फुटबल) र छिरिङ गुरुङ (फुटबल) छन् । तामाङ र आङदेम्बे झापा र गुरुङ इलामका हुन् । त्यस्तै, वर्ष उत्कृष्ट खेलाडी (महिला) मा जुनी राई (उसु), देविका खड्का (जुडो) र कमला श्रेष्ठ (फेन्सिङ) रहेका छन् । राई इलाम तथा खड्का र श्रेष्ठ झापाका हुन् ।

वर्ष उत्कृष्ट खेलाडी (युवा) मा रेजिन सुब्बा (फुटबल), मनिता श्रेष्ठ प्रधान (जुडो) र अनुजा कुलुङ राई (कबड्डी) छन् । सुब्बा र राई झापा र प्रधान पाँचथरकी हुन् । वर्ष उत्कृष्ट प्रशिक्षकमा प्रवेश कटवाल (फुटबल), मदन उप्रेती (कराते), वोङदेन लामा (पौडी) रहेका छन् । कटवाल र उप्रेती झापा तथा लामा इलामका हुन् ।

वर्ष खेलाडी (पुरुष) लाई एक थान मोटरसाइकल, वर्ष खेलाडी (महिला) लाई एक थान स्कुटर, वर्ष खेलाडी (युवा) लाई नगद २५ हजार, वर्ष उत्कृष्ट प्रशिक्षकलाई नगद २५ हजार र ट्रफी प्रदान गरिने मञ्चका सचिव अर्जुन राजवंशीले जानकारी दिए ।

त्यस्तै, पिपुल्स च्वाइजअन्तर्गत एक खेलाडीलाई नगद २५ हजार र लाइफ टाइम्स अचिभमेन्ट अवार्डस्वरुप एकजनालाई नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ । मनोनयनमा परेका चार विधाका विजेता र यी दुई विधामा अवार्ड प्राप्त गर्ने खेल प्रतिभाको घोषणा कार्यक्रमस्थलमा सोझै गरिन्छ ।

मञ्चले यो वर्ष दुईजनालाई नगद २५ हजारसहित स्पेसल अचिभमेन्ट अवार्ड प्रदान गर्ने जनाएको छ । यो वर्ष खेलाडीतर्फ शारीरिक सुगठनका राम दाहाल र प्रशिक्षकतर्फ बक्सिङका डम्बर लिम्बूलाई स्पेसल अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ ।

अवार्डमा २०७६ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त साविक मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका खेलाडी र प्रशिक्षकलाई मञ्चले सहभागी गराउँदै आएको छ ।

अवार्ड सम्पन्न गर्न मोटरसाइकल र स्कुटरसहित आठ लाख रुपैयाँ खर्च लाग्नेछ । कार्यक्रम पूर्णमा सम्पन्न गर्न १२ लाख रुपैयाँ लाग्ने कोषाध्यक्ष राजु पौडेलले जानकारी दिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कबड्डीको एसियाड तयारी भारतमा हुने

कबड्डीको एसियाड तयारी भारतमा हुने

पल्सर स्पोर्ट्स अवार्ड भदौं १८ गते

पल्सर स्पोर्ट्स अवार्ड भदौं १८ गते

रविन्द्र भाटभटेनीका 'ब्रान्ड एम्बेसडर' नियुक्त

रविन्द्र भाटभटेनीका 'ब्रान्ड एम्बेसडर' नियुक्त

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा स्पेनका तीन खेलाडी

विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा स्पेनका तीन खेलाडी

हारबाट काभा भलिबलको सुरुवात

हारबाट काभा भलिबलको सुरुवात

कबड्डीको एसियाड तयारी भारतमा हुने

कबड्डीको एसियाड तयारी भारतमा हुने

पल्सर स्पोर्ट्स अवार्ड भदौं १८ गते

पल्सर स्पोर्ट्स अवार्ड भदौं १८ गते

नामिबियासँग नेपालको हार

नामिबियासँग नेपालको हार

अर्जेन्टिनाले देशको उत्कृष्ट प्रतिनिधित्व गरेको फर्नान्डेजको दाबी

अर्जेन्टिनाले देशको उत्कृष्ट प्रतिनिधित्व गरेको फर्नान्डेजको दाबी

फिफा अध्यक्ष इन्फान्टिनोले पद छाड्नुपर्ने टेबासको माग

फिफा अध्यक्ष इन्फान्टिनोले पद छाड्नुपर्ने टेबासको माग

फिफाको अनुसन्धानमा अर्जेन्टिना

फिफाको अनुसन्धानमा अर्जेन्टिना