बिहिबार, ०७ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

सुदूरपश्चिम स्पोर्टस अवार्ड : तीन विधाको मनोनयन सार्वजनिक

बिहिबार, २७ फाल्गुण २०७७खेलपाटी संवाददाता
सुदूरपश्चिम स्पोर्टस अवार्ड :  तीन विधाको मनोनयन सार्वजनिक
Loading ad...
mustang rice ad

धनगढी । दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डका थप ३ विधाको मनोनयन सार्वजनिक गरिएको छ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले बिहीबार अवार्डमा प्रदान गरिने ९ मध्ये थप ३ विधाको मनोनयन सार्वजनिक गरेको हो ।

आयोजकले यस अघिनै चार विधाको मनोनयन सार्वजनिक गरिसकेको छ ।

बिहीबार नवजीवन हस्पिटल वर्ष पुरुष खेलाडी, नोभा हस्पिटल वर्ष महिला खेलाडी र दिनेश सोप वर्ष प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिएको हो ।

कैलाली हस्पिटल दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको बर्ष पुरुष विधा प्रायोजक नवजीवन हस्पिटलका सञ्चालक योगेन्द्र ओझा, नोभा हस्पिटलकी प्रशासकीय अधिकृत सुमन भट्ट र दिनेश सोपका ब्रान्ड निर्देशक आदित्य हमालले मनोनयन सार्वजनिक गरे ।

वर्ष पुरुष खेलाडीको मनोनयनमा एथलेटिक्सका गोपीचन्द्र पार्की, दुवाथोलनका हिमाल टमटा र तेक्वान्दोका वीर बहादुर महरा परेका छन् । तीनै जनाले १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका छन् ।

वर्ष महिला खेलाडीको मनोनयनमा पौडीकी गौरिका सिंह, तेक्वान्दोकी आयशा शाक्य र कुस्तीकी संगिता धामी परेकी छिन् । १३ औं दक्षिण एसियाली खेलकुदमा गौरिकाले चार स्वर्ण सहित ९ पदक जितेकी थिईन् भने आयशाले तेक्वान्दोमा दोहोरो स्वर्ण जितेकी थिईन् । संगिताले सागको ईतिहासमा पहिलो पटक कुस्तीमा स्वर्ण जिताएकी थिईन् ।

वर्ष प्रशिक्षकको मनोनयनमा भलिबलका जगदीश भट्ट, कुस्तीका राजेन्द्र चन्द र कबड्डीका तारासिंह भाट परेका छन् । जगदिशले १३ औं दक्षिण एसियाली खेलकुदमा महिला भलिबलमा रजत पदक जिताएका थिए भने सेन्ट्रल जोन भलिबलमा स्वर्ण जिताएका थिए । राजेन्द्रले १३ औं दक्षिण एसियाली खेलकुदको ईतिहासमा पहिलो पटक कुस्तीमा स्वर्ण पदक सहित ७ पदक जिताएका थिए ।
तारासिंह भाटले पनि सागमा महिला कबड्डीमा नेपाललाई ऐतिहासिक रजत पदक जिताएका थिए । ईन्डो नेपाल आमन्त्रण कबड्डी प्रतियोगितामा पुरुष टीमलाई रजत जिताएका थिए ।

सात विधाको मनोनयन सार्वजनिक भएपनि दुई विधाको घोषणा भने अवार्ड कार्यक्रममा नै हुने अवार्डका संयोजक प्रदीप पाठकले जानकारी दिए । उनका अनुसार न्यू सिटी पोलीक्लिनिक स्पेशल अवार्ड र सारथी अस्पताल लाईफटाईम एचिभमेन्ट अवार्डको घोषणा चैत ६ गते कार्यक्रममै गरिनेछ ।

अवार्डमा वर्ष २०७६ मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा खेलाडी र वर्षको उत्कृष्ट टिम तथा खेलकुदमा पु¥याएको विशेष योगदानको कदर स्वरुप स्पेसल अवार्ड, पूरा जीवन खेलकुदमा समर्पित गर्ने एक पाका खेलकर्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, समर्थकको मतका आधारमा दिइने पिपल्स च्वाईस अवार्ड गरी ९ विधामा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गरिनेछ ।

अवार्डको उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाईम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिईनेछ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कबड्डीको एसियाड तयारी भारतमा हुने

कबड्डीको एसियाड तयारी भारतमा हुने

पल्सर स्पोर्ट्स अवार्ड भदौं १८ गते

पल्सर स्पोर्ट्स अवार्ड भदौं १८ गते

रविन्द्र भाटभटेनीका 'ब्रान्ड एम्बेसडर' नियुक्त

रविन्द्र भाटभटेनीका 'ब्रान्ड एम्बेसडर' नियुक्त

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा स्पेनका तीन खेलाडी

विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा स्पेनका तीन खेलाडी

हारबाट काभा भलिबलको सुरुवात

हारबाट काभा भलिबलको सुरुवात

कबड्डीको एसियाड तयारी भारतमा हुने

कबड्डीको एसियाड तयारी भारतमा हुने

पल्सर स्पोर्ट्स अवार्ड भदौं १८ गते

पल्सर स्पोर्ट्स अवार्ड भदौं १८ गते

नामिबियासँग नेपालको हार

नामिबियासँग नेपालको हार

अर्जेन्टिनाले देशको उत्कृष्ट प्रतिनिधित्व गरेको फर्नान्डेजको दाबी

अर्जेन्टिनाले देशको उत्कृष्ट प्रतिनिधित्व गरेको फर्नान्डेजको दाबी

फिफा अध्यक्ष इन्फान्टिनोले पद छाड्नुपर्ने टेबासको माग

फिफा अध्यक्ष इन्फान्टिनोले पद छाड्नुपर्ने टेबासको माग

फिफाको अनुसन्धानमा अर्जेन्टिना

फिफाको अनुसन्धानमा अर्जेन्टिना