एजेन्सी । थोमस बाख दोस्रो कार्यकालका लागि अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) को अध्यक्षमा निर्वाचित भएका छन् ।
नयाँ अध्यक्षको लागि भएको निर्वाचनबाट थोमस दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
जर्मनीका ६७ वर्षीय थोमसको नयाँ कार्यकाल चार वर्षको हुनेछ । थोमस सन् २०२५ सम्म आईओसीको अध्यक्ष रहने छन् ।
थोमस सन् २०१३ मा आईओसीको अध्यक्षमा निर्वाचित भएका थिए । उनको आठ वर्षे कार्यकाल जापानको टोकियो ओलम्पिकपछि सकिनेछ ।
तर, कोरोना भाईरसको कारण एक वर्ष सरेको ओलम्पिक खेलकुद नसकिदै थोमस पुन: अध्यक्षमा निर्वाचित भएका हुन् ।
टोकियो ओलम्पिक आगामी जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।
भिडियो कन्फरेन्सको माध्यमबाट भएको मतदानले उनले ९३ मत प्राप्त गरेका थिए ।
थोमस फेन्सिङ खेलका ओलम्पिक च्याम्पियन हुन् ।
सन् १९७६ को ओलम्पिकमा फोइल फेन्सिङ टिमबाट उनले स्वर्ण जितेका थिए ।
उनले विश्व च्याम्पियनसिपमा समेत स्वर्ण जितेका छन् ।