काठमाडौं । नेपाल रेस्लिङ संघको आयोजनामा सर्वाधिक नगद पुरस्कारको रेस्लिङ (आरडब्लु) च्याम्पियनशिप हुने भएको छ ।
पर्यटकिय नगरि पोखरा रंगशालाको कभर्डहलमा चैत २० गते देखि हुने दुई दिने प्रतियोगितामा नेपालका ३५ जना रेसलरले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिता संयोजक राष्ट्रिय खेलकुद परिषद्की सदस्य सुवर्ण श्रेष्ठले च्याम्पियन रेसलरले सर्वाधिक १ लाख नगद र आर्कषक बेल्ड तथा दोश्रोले नगद ५० हजार प्राप्त गर्ने बताईन् ।
करिब २९ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितालाई गण्डकी प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद्लाई सहयोगका लागि अनुरोध गरिएको छ ।
आरडब्लु च्याम्पियनशिप(रिङरेस्लिङ)लाई लक्ष्य गरेर खेलाडीहरु पनि लैनचौर हनुमान चोक स्थित रिङ रेस्लिङ डोजोमा तालिम गरिरहेका छन् ।
आरडब्लु च्याम्पियनशिपमा नुवाकोटे टाईगर,डेविड,युव,चटन,दिलसा,डेनीका,पल,थागुलगायतको २० जना खेलाडी रिङ रेस्लिङ डोजोमा हाल प्रशिक्षणमा जुटेका छन् ।
प्रतियोगिताको निर्णायकको भूमिकामा मुख्य निर्णायक प्रदिप पाण्डे सहायक निर्णायकहरु शिसम मनी,विकास श्रेष्ठलगायत रहने छन् ।