सागर च्याम्पियन

काठमाडौं । केन्द्रका सागर विष्ट स्व. प्रेमकला श्रेष्ठ स्मृति कप पन्ध्रौं राष्ट्रिय बुदोकैदो फुल कन्ट्याक्ट तौलसमूह प्रतियोगितामा पहिलो भएका छन् ।
बसन्तपुर डबलीमा भएको प्रतियोगिताको पुरुष खुला तौलसमूह फाइनलमा सागरले मकवानपुरका सविन थापालाई पराजित गरे ।
पुरुष ३० केजीमा कञ्चनपुरका जितेन्द्र विष्ट, ३५ केजीमा कन्चनपुरकै विकास महरा, ४० केजीमा थानकोटका सन्तोष तामाङ, ४५ केजीमा काभ्रेका लोकराज तामाङ, ५० केजीमा किसिपिडीका सुजन महर्जन, ५५ केजीमा भक्तपुरका शिरुष भुजु, ६० केजीमा किसिपिडीका नरेन्द्र महर्जन र ६५ केजीमा किसिपिडीका समिर महर्जनले स्वर्ण जिते ।
नेपाल बुदोकैदो फुलकन्ट्याक्ट संघद्वारा आयोजित प्रतियोगिताको महिला ४५ केजीमा किसिपिडीकी आयुशा थापा मगर तथा खुलामा केन्द्रकी शान्ति लामाले पहिलो स्थान हात पारे ।
विजेतालाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, शुक्ला गण्डकी नगरपालिकाका मेयर कृष्ण गुरुङ, शुक्ला गण्डकी नगरपालिका वडा ३ का अध्यक्ष राम श्रेष्ठ, आयोजक संघका अध्यक्ष काजीमान श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
दुईदिने प्रतियोगितामा १ सय ९५ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ । पुरुषमा ९ र महिलामा २ गरी ११ स्पर्धामा भिडन्त भएको थियो ।







-1762154705887.png&w=3840&q=75)







