काठमाडौं । नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्णधारी मन्देकाजी श्रेष्ठ र गौरका सिंहले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
मध्यपुर ठिमीस्थित कोरियन अस्पतालमा आइतबार करातेका मन्दे र गौरिकाले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
मध्यपुर थिमीका नगर प्रमुख मदन शुन्दर श्रेष्ठको पहलमा उनीहरुले खोप लगाएका हुन् ।
मन्दे र गौरिकासँगै अर्का स्वर्णधारी तेक्वान्दोकी आयशा शाक्य, पूर्व कीर्तिमानी खेलाडी दिपक विष्ट लगायतले पनि खोप लगाएका छन् ।
आइतबार नै टोकियो ओलम्पिक खेल्ने खेलाडी र प्रशिक्षकहरुले कोरोनाविरुद्धको खोप लगाएका थिए ।
पाटन अस्पतालमा कराँते, जुडो, सुटिङ, एथलेटिक्स र बक्सिङका खेलाडी तथा प्रशिक्षकले खोप लिएका हुन् । यस्तै पोखरामा आर्चरी र भारोत्तोलनका खेलाडी तथा प्रशिक्षकले खोप लगाए ।