पीएसजी फ्रेन्च कपको अन्तिम १६ मा
आइतबार, फागुन २३, २०७७खेलपाटी संवाददाता

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
शनिबार राति भएको खेलमा ब्रेस्टलाई ३-० गोल अन्तरले पराजित पीएसजीले अन्तिम १६ को यात्रा तय गरेको हो ।
पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गरे । पाब्लो साराबियाले एक गोल थपे ।
खेलको नवौं मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
खेलको ४४ औं मिनेटमा साराबियाले गोल गर्दै पीएसजीलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७४ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३-० को जित दिलाए ।
यस्तै लियोनले पनि अन्तिम १६ को यात्रा तय गरेको छ ।
लियोनले सोसुकमाथि ५-२ गोल अन्तरको जित निकालेको हो ।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

