काठमाडौं । खेलकुद पत्रकार कमल खत्री खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयले आइतबार खेल पत्रकार खत्रीलाई खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।
पुरस्कारसँगै खत्रीले ५० हजार नगद प्राप्त गरे ।
अन्य आठ खेल पत्रकारले खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।
महिलातर्फ मुना कार्कीले खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्राप्त गरिन् ।
प्रदेशतर्फ प्रदेश-१ का हिमाल खरेल, प्रदेश-२ का रन्जन कुमार भण्डारी, बागमती प्रदेशका अनिल मल्ल ठकुरी र लुम्बिनीबाट माधव प्रसाद अर्यालले खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्राप्त गरे ।
त्यस्तै लुम्बिनी प्रदेशबाट मुक्तिबाबु रेग्मी, कर्णाली प्रदेशबाट भुपेश उपाध्याय र सुदूरपश्चिमबाट सिताराम ओझाले खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।
प्रोत्साहन पुरस्कारसंगै उनीहरुले जनही २५ हजार प्राप्त गरे ।
उनीहरुलाई युवा तथा खेलकुद मन्त्री दावा लामाले पुरस्कृत गरेका थिए ।