धनगढी । धनगढीमा हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डको सह प्रायोजकको रुपमा सुदूर फुड ईन्डष्ट्रिज जोडिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने अवार्डका लागि गुणस्तरी बिस्कुट उत्पादन गर्दै आएको सुदूर फुड ईन्डष्ट्रिजले सह प्रायोजकको रुपमा सहयोग गर्ने भएको हो ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सल्लाहकार दिपक उपाध्याय र सुदूर फुड ईन्डष्ट्रिजका प्रबन्ध निर्देशक कबिस अग्रवाल र निर्देशक पियुस अग्रवालबीच प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
कैलालीको गेटामा रहेको सुदूर फुड ईन्डष्ट्रिजले बिस्कुट, कुकिज, फ्रुट केक र रस उत्पादन गर्दै आएको छ ।
यस क्षेत्रमा रहेको उद्योगले सामाजिक उत्तरदायित्व वहन गर्दै प्रदेशको गौरब बढाउने खेलाडीलाई सम्मान गरिने कार्यक्रममा जोडिएको सुदूर फुड ईन्डष्ट्रिजका प्रबन्ध निर्देशक कविस अग्रबालले बताए ।
अवार्डमा वर्ष २०७६ मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा खेलाडी र वर्षको उत्कृष्ट टिम तथा खेलकुदमा पु¥याएको विशेष योगदानको कदर स्वरुप स्पेसल अवार्ड, पूरा जीवन खेलकुदमा समर्पित गर्ने एक पाका खेलकर्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, समर्थकको मतका आधारमा दिइने पिपल्स च्वाइस अवार्ड गरी ९ विधामा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गरिनेछ ।
अवार्डको उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिईनेछ ।
यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ । अवार्ड कार्यक्रम डिसहोम एक्सन स्पोर्टस र धनगढीका स्थानीय संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने बताईएको छ ।