काठमाडौं । राष्ट्रिय महिला भलिबल टिमकी प्रशिक्षक सलिना श्रेष्ठलाई मातृशोक परेको छ ।
प्रशिक्षक श्रेष्ठकी ममतामयी आमा साबित्री श्रेष्ठको बुधबार राति ६२ वर्षको उमेरमा निधन भएको छ ।
हृदयघातका कारण श्रेष्ठको घरमै निधन भएको हो ।
उहाँको पार्थिव शरीरलाई धार्मिक परम्परा अनुसार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।