उपाधिका लागि योङ्गस्टार र निजगढ 'ए' भिड्ने

निजगढ । तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि योङ्गस्टार युवा क्लब र निजगढ युवा क्लब 'ए' बीच प्रतिस्पर्धा हुने भएको छ ।
मंगलबार भएको दोस्रो सेमिफाइनलमा हिमाल युवा क्लबलाई ६-० गोल अन्तरले पराजित गर्दै निजगढले फाइनलमा योङ्गस्टारसँगको भेट पक्का गरेको हो ।
एकतर्फी जित निकाल्ने क्रममा निजगढले १४ औं मिनेटमा करण धामीको गोलबाट अग्रता बनाएको थियो ।
खेलको २० औं मिनेटमा समिर कुमरले गोल गर्दै निजगढको अग्रता दोब्बर बनाए ।
कप्तान राजकिशोर धामीले २८ औं मिनेटमा गोल गर्दै टिमको अग्रता तेब्बर बनाए ।
खेलको ४२ औं मिनेटमा समिरले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ४-० को बनाए ।
५५ औं मिनेटमा करणले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ५-० को अवस्थामा पुर्याए ।
त्यसपछि खेलको ७१ औं मिनेटमा करणले ह्याट्रिक पुरा गर्दै निजगढलाई ६-० को जित दिलाए ।
खेलको म्यान अफ द म्याच निजगढका करण धामी भए ।
प्रतियोगिताको फाइनल खेल फागुन १६ गते हुने आयोजक शम्भु थापा मगरले जानकारी गराए ।
प्रतियोगिताको रिजर्भ डे मा बुधबार रौतहट र सर्लाहीको महिला टिमबीच प्रतिस्पर्धा हुने आयोजक निजगढ फुटबल क्लबका उपाध्यक्ष दिनेश श्रेष्ठले बताए ।
प्रतियोगिताको बिजेताले १ लाख रुपैंया र उपविजेताले ४५ हजार रुपैंया प्राप्त गर्ने आयोजक निजगढ फुटबल क्लबका कोषाध्यक्ष स्वर्ण लामाले बताए ।