ब्राइटनमाथि क्रिस्टलको जित
२०२१ फेब्रुअरी २३, मङ्गलबारखेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसले ब्राइटनलाई पराजित गरेको छ ।
सोमबार राति भएको खेलमा क्रिस्टलले ब्राइटनलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
ब्राइटनको मैदानमा जिन फिलिपे माटेटाले गोल गर्दै क्रिस्टललाई अग्रता दिलाएका थिए ।
तर, खेलको ५५ औं मिनेटमा ब्राइटनका जोएल भेल्टम्यानले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा क्रिस्टियन बेन्टेकेले गोल गर्दै क्रिस्टललाई २-१ को जित दिलाए ।
जितसँगै क्रिस्टल लिगको १३ औं स्थानमा उक्लिएको छ ।
क्रिस्टलले २५ खेलमा ३२ अंक जोडेको छ ।
२६ अंक जोडेको ब्राइटन लिगको १६ औं स्थानमा रहेको छ ।