१० हजार दर्शकलाई मैदान प्रवेश गर्न अनुमति
सोमबार, फागुन १०, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्ल्यान्ड सरकारले १० हजार दर्शकलाई रंगशालामा बसेर खेल हेर्न अनुमति दिएको छ ।
इंग्ल्यान्ड सरकारले सोमबार मे १७ पछि १० हजार दर्शकलाई रंगशाला प्रवेशको अनुमति दिने निर्णय गरेको हो ।
इंग्ल्यान्डका प्रधानमन्त्री बोरिस जोनसनले ठुला रंगशालामा १० हजार दर्शकलाई रंगशाला प्रवेशको अनुमति दिने निर्णय गरेका हुन् ।
सरकारको निर्णयसँगै वेम्बली स्टेडियम लगायत प्रिमियर लिग क्लबका मैदानमा ठुलो संख्यामा दर्शकले प्रवेश पाउने छन् ।
यस अघि इंग्ल्यान्डले डिसेम्बर २ बाट ४ हजार दर्शकलाई मैदान प्रवेशको अनुमति दिएको थियो ।
कोरोना भाईरसको महामारीपछि इंग्ल्यान्डमा खेलकुद गतिविधि बन्द रंगशालामा भईरहेको थियो ।
तर, सरकारले डिसेम्बर २ मा लकडाउनको अन्त्य गर्दै खेलकुद गतिविधिमा समेत दर्शकलाई खुला गरेको थियो ।







-1762154705887.png&w=3840&q=75)




-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)