हामीले सुरुवातमा गल्ती गर्यौं - अर्टेटा

एजेन्सी । आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटाले सुरुवाती १० मिनेटको गल्तीले घरेलु मैदानमा पराजित हुनु परेको बताएका छन् ।
प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीसँग घरेलु मैदानमा पराजित भएपछि अर्टेटाले सुरुवातको गल्तीले पराजित भएको बताएका हुन् ।
इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा आर्सनल सिटीसँग १-० गोल अन्तरले पराजित भएको थियो ।
सिटीको जितमा रहिम स्ट्रर्लिङले निर्णायक गोल गरेका थिए ।
खेलको दोस्रो मिनेटमा रियाद महरेजको पासमा स्ट्रर्लिङले हेड मार्फत गोल गरेका थिए ।
'हामीले केही गल्ती गर्यौं । पहिलो १० मिनेटमा यो गल्ती गरेका थिएनौं । यो क्रस हो र रहिमले त्यहाँ बल हेड गर्न सक्दैनन्,' अर्टेटाले भनेका छन् ।
आर्सनलमाथिको जितले लिग लिडर सिटीले १० अंकको अग्रता बनाएको छ ।
आर्सनल भने लिगको दशौं स्थानमा रहेको छ ।
यस्तै अर्टेटाले कठिन खेलमा सुरुवाती गोलकै कारण टिमलाई खेलमा पुनरागमन गर्न गार्हो बनाएको बताए ।
'जब हामीले पहिलो गोल खायौं । त्यसले हामीलाई कठिन परिस्थितिमा राख्यो',अर्टेटाले थपे ।