काठमाडौं । १५ औं संस्करणको एनएनआईपीए स्पोर्ट्स अवार्डमा पौडीका गौरिका सिंह र फुटबलका सुजल श्रेष्ठसहित २६ खेलाडी वर्ष उत्कृष्ट खेलाडी अवार्ड प्राप्त गरेका छन् ।
नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले शनिबार आयोजना गरेको अवार्ड कार्यक्रममा गौरिका र सुजलसहित २६ खेलाडीले वर्ष उत्कृष्ट खेलाडी अवार्ड पाएका हुन् ।
मध्यपुर ठिमी नगरपालिकाको निगु पुखुमा आयोजित अवार्ड कार्यक्रममा उनीहरु सम्मानित भएका हुन् ।
सम्मानित हुने अधिकांस खेलाडी नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण विजेता खेलाडी हुन् ।
सम्बन्धित संघको सिफारिसमा उनीहरुलाई उत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरिएको हो ।
अवार्ड प्राप्त गर्नेले जनही १०/१० हजार समेत प्राप्त गरे ।
कुन खेलमा कुन खेलाडी उत्कृष्ट ?
आर्चरी - सनातन मल्ल
एथलेटिक्स - सन्तोषी श्रेष्ठ
ब्याडमिन्टन - रत्नजित तामाङ
बास्केटबल - अनुशा मल्ल
बक्सिङ - मिनु गुरुङ
क्रिकेट - अन्जली चन्द
साइक्लिङ - बुद्धि बहादुर तामाङ
फेन्सिङ - रबिना थापा
फुटबल - सुजल श्रेष्ठ
गल्फ - सुवास तामाङ
ह्यान्डबल - कल्पना ओली
जुडो - देविका खड्का
कब्बड्डी - मेनुका कुमारी राजवंशी
कराते - मन्देकाजी श्रेष्ठ
खोखो - श्याम बुढाथोकी
टेनिस - प्रदिप खड्का
सुटिङ - कल्पना परियार
स्वीमिङ - गौरिका सिंह
स्क्वास - विपना ब्लोन
टेबलटेनिस - पुरुषोत्तम बज्राचार्य
तेक्वान्दो - आयशा शाक्य
ट्रायोथोलन - सोनी गुरुङ
भलिबल - कुल बहादुर थापा
भारोत्तोलन - विकास थापा
कुस्ती - संगीता धामी
उसु - जुनी राई
पारा एथ्लेटिक अवार्ड - केशव थापा (टेबलटेनिस)
स्पोर्ट्स जर्नालिस्ट अवार्ड - रोशन सिंह राउत (खेलपत्रकार)
गजराज आदर्श खेलाडी अवार्ड - अकबर शाह (कराते)