काठमाडौं । सोनी गुरुङ र लक्ष्मण मल्लले लिगलिगे साईकल दौडको खुलातर्फको उपाधि जितेका छन् ।
धादिङकी सोनीले महिलातर्फ १३ औं सागको स्वर्ण विजेता लक्ष्मी मगरलाई पछि पादै उपाधि जितेकी हुन् । उनले २ घण्टा ५६ मिनेट ७ सेकेण्डको समय खर्चर निर्धारित ५२.९ किलोमिटरको दूरी पार गरिन् ।
दोश्रो स्थानमा रहेकी नुवाकोटकी लक्ष्मीले ३ घण्टा २ मिनेट ९ सेकेण्डमा दूरी पार गरिन् ।
गोरखाकी उषा खनालले ३ घण्टा ९ मिनेट २ सेकेण्डमा निर्धारित दुरी पार गदै तेश्रो स्थान हाँसिल गरिन् ।
उषाले गण्डकी प्रदेश स्तरिय साईकल दौडमा भने महिलातर्फको उपाधि जितिन् । गण्डकी प्रदेश स्तरिय महिलाको उपविजेता लमजुङकी केशरी थापा मगर हुँदा कास्कीकी जमुना थापा तेस्रो भईन् ।
त्यसैगरि पुरुष खुलातर्फको उपाधि जित्ने क्रममा धादिङका लक्ष्मणले २ घण्टा २२ मिनेट ५५ सेकेण्डमा दूरी पूरा गरे ।
दोश्रो स्थानमा रहेका कन्चनपुरका हिमाल टमटाले २ घण्टा ३१ मिनेट ३५ सेकेण्डमा दूरी पार गर्दा तेश्रो स्थानमा रहेका ललितपुरका ओकेश बज्रचार्यले निर्धारित दुरी पार गर्न २ घण्टा ३६ मिनेट ५६ सेकेण्डको समय निकाले ।
पालुङटार नगरपालिका र पर्यटन बोर्टको प्रायोजनमा सम्पन्न भएको गण्डकी प्रदेश स्तरिय साईकल दौडको पुरुष इभेन्टमा कास्कीका सन्दिप सुन्डौली पहिलो, गोरखाका लेखप्रसाद भट दोश्रो र पालुङटारका शिव श्रेष्ठ तेस्रो भए ।
शिवले पालुङटार स्तरिय साईकल दौडको उपाधि भने जित्न सफल भए । उनी पालुङटारबाट सहभागि हुने एकल राईडर थिए ।
लिगलिग भिलेज स्पोर्ट्सद्वारा आयोजित दौडको विजेतालाई प्रमुख अतिथि पालुङटार नगर प्रमुख ई.दीपकबाबु कडेल,विशेष अतिथि पर्यटन बोर्टका सिईयो डा.धनन्जय रेग्मी,नेपाल साईकलिङ संघका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपती,प्रतियोगिता संयोजक संजिब रानालगायतले खेलाडीलाई पुरस्कृत गरेका थिए ।
प्रतियोगिताका पुरुष तथा महिला खुलातर्फको विजेताले जनही २५ हजार उपविजेताले जनही २० हजार र तेस्रो हुनेले जनही नगद १५ हजार प्राप्त गरे । यस्तै दौडको शीर्ष १० औं स्थान हाँसिल गर्ने खेलाडी पनि नगद पुरस्कार प्राप्त गरे ।
गण्डकी प्रदेश स्तरिय महिला तथा पुरुष साईकल दौडका विजेताले जनही ५ हजार उपविजेताले जनही ३ हजार र तेस्रो हुनेले जनही नगद २ हजार ५ सय प्राप्त गरेका छन् ।
पालुङटार नगरपालिका स्तरिया पुरुष साईकल दौड प्रतियोगिताको विजेताले २ हजार ५ प्राप्त गरेका छन् ।
प्रतियोगितामा ११ वर्षका कान्छा खेलाडीले पनि आफ्नो दौड पूरा गर्न सफल भए । उनलाई पालुङटार नगर प्रमुख कडेलले प्रोत्सान स्वरुप नगद ५ हजारले सम्मान गरेका थिए ।