युभेन्ट्स कोपा इटालियाको फाइनलमा

एजेन्सी । युभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी इन्टर मिलानलाई समग्रमा २-१ गोल अन्तरले पराजित गर्दै युभेन्ट्स उपाधि नजिक पुगेको हो ।
मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा युभेन्ट्स र इन्टरले गोलरहित बराबरी खेलेका थिए ।
तर, पहिलो लेगमा निकालेको जितले युभेन्ट्स फाइनल प्रवेश गरेको हो ।
इन्टरको मैदानमा पहिलो लेगमा युभेन्ट्सले २-१ को जित निकालेको थियो ।
युभेन्ट्स लगातार दोस्रो सिजन कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो ।
गत सिजन युभेन्ट्स नापोलीसँग फाइनलमा पेनाल्टी सुटआउटमा ४-२ ले पराजित भएको थियो ।
अब उपाधिको लागि युभेन्ट्सले नापोली र एटलान्टाबीचको विजेतासँग खेल्नेछ ।
दुई टोलिबीचको दोस्रो लेग बुधबार राति हुनेछ ।
पहिलो लेगमा नापोली र एटलान्टाले गोलरहित बराबरी खेलेका थिए ।
कोपा इटालियाको फाइनल मे १९ मा हुनेछ ।