काठमाडौं । नेपाल तेक्वान्दो संघले नवनियुक्त युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई बधाइ तथा शुभकामना ज्ञापन गरेको छ ।
सातदोबाटोस्थित संघको केन्द्रीय कार्यालयमा सोमबार एक कार्यक्रमको आयोजना गरी मन्त्री तामाङलाई बधाइ तथा शुभकामना दिइएको हो ।
संघका उपाध्यक्ष भरत महर्जनले सफल कार्यकालको शुभकामना दिँदै बधाइ ज्ञापन गरेका थिए । उनले संघको तर्फबाट मन्त्री तामाङलाई मायाको चिनो पनि प्रदान गरेका थिए ।
कार्यक्रममा संघका महासचिव दीपराज गुरुङले खेलकुदमन्त्रीमा तामाङको नियुक्तिसँगै नेपाली खेल क्षेत्रमा नयाँ उत्साह र आशा पलाएको बताए । उनले संघहरुले भोग्नुपरेका समस्याहरुका बारेमा मन्त्री तामाङलाई जानकारी गराएका थिए ।
कार्यक्रममा राष्ट्रिय टोलीका खेलाडी, संघका पदाधिकारी, प्रशिक्षक र खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।