इन्टर शीर्ष स्थानमा
शनिबार, माघ २४, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इन्टर मिलान इटालियन सिरी 'ए' फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
शुक्रबार राति भएको खेलमा फियोरेन्टिनालाई २-० ले पराजित गर्दै इन्टर शीर्ष स्थानमा उक्लिएको हो ।
फियोरेन्टिनाको मैदानमा इन्टरलाई जित दिलाउन निकोलो बरेला र इभान पेरिसिचले एक एक गोल गरे ।
खेलको ३१ औं मिनेटमा बरेलाले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ५२ औं मिनेटमा पेरिसिचले गोल गर्दै इन्टरलाई २-० को जित दिलाए ।
जितसंगै शीर्ष स्थानमा उक्लिएको इन्टरले ४७ अंक जोडेको छ ।
एसी मिलानलाई १ अंकले पछि पार्दै इन्टर शीर्ष स्थानमा उक्लिएको हो ।
दोस्रो स्थानको मिलानको ४६ अंक रहेको छ ।
फियोरेन्टिना २२ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।












-1761998475071.jpg&w=3840&q=75)


