काठमाडौं । जापानमा आयोजना हुने टोकियो ओलम्पिकका लागि छनोट भएका सुटिङ खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजबैद्यले खेल सामग्री सहयोग गरेका छन् ।
उपाध्यक्ष चतुरानन्दले शुक्रबार ओलम्पिकमा छनोट भएकी सुस्मिता नेपाल र कल्पना परियारलाई खेल सामग्री प्रदान गरे । उनीहरुलाई किट्स ब्याग, ट्रयाकसुट, जुत्ता तथा अन्य खेल सामाग्रीहरु राजबैद्यले सहयोग गरेका हुन् ।
टोकियो ओलम्पिकमा उनीहरुले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने छन् ।
उक्त कार्यक्रम संघका अध्यक्ष श्री पुष्पा दास श्रेष्ठ, उपाध्यक्ष श्री ध्रुव रायमाझी, प्रशिक्षक र खेलाडीहरुको सहभागीता रहेको थियो ।