काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई मातृशोक परेको छ ।
महासचिव तुलाधरको ममतामयी आमा हिरा शोभा तुलाधरको गएराति निवासमा ८५ वर्षको उमेरमा निधन भएको एन्फाले जनाएको छ ।
स्व. तुलाधरलाई मुटुको समस्या रहेको एन्फाले जनाएको छ ।
उहाँको पार्थिव शरीरलाई धार्मिक परम्परा अनुसार टेकु दोभानमा दाहसंस्कार गरिएको छ ।