टोटेनहम ब्राइटनसँग पराजित
सोमबार, १९ माघ २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम पराजित भएको छ ।
आइतबार राति भएको खेलमा टोटेनहम ब्राइटनसँग १-० गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा ब्राइटनलाई जित दिलाउन लिनड्रो ट्रोसार्डले निर्णायक गोल गरे ।
खेलको १७ औं मिनेटमा उनले निर्णायक गोल गरेका थिए ।
जितसंगै ब्राइटनले २१ खेलमा २१ अंक जोडेको छ ।
ब्राइटन लिगको १७ औं स्थानमा रहेको छ ।
ब्राइटनले रेलिगेसन क्षेत्रको टिमविरुद्ध ३ अंकको अग्रता समेत बनाएको छ ।
ब्राइटनसँग पराजित भएपछि टोटेनहमले शीर्ष पाँचमा उक्लने मौका गुमाएको छ ।
टोटेनहम ३३ अंक जोडेर छैटौं स्थानमा रहेको छन् ।










-1767098144368.jpg&w=3840&q=75)

-1767081985409.jpeg&w=3840&q=75)
