मेस्सीको ६ सय ५० गोल

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई पराजित गरेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले बिल्बाओलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी र एन्टोनी ग्रीजम्यानले एक एक गोल गरे ।
बिल्बाओले एक गोल आत्मघाती उपहार पायो ।
खेलको २० औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले फ्रिकिकबाट गोल गरे ।
यस गोलसंगै मेस्सी बार्सिलोनाका लागि ६ सय ५० गोल पुरा गरे ।
खेलको ४९ औं मिनेटमा बार्सिलोनाका जोर्डी अल्बाले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा पुग्यो ।
त्यसपछि खेलको ७४ औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनालाई २-१ को जित दिलाए ।
जितसंगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २० खेलमा ४० अंक जोडेको छ ।
बिल्बाओ २४ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


