लिभरपुलको जितमा सलाहको दुई गोल

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा लिभरपुलले वेस्ट ह्यामलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
वेस्ट ह्यामको मैदानमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले दुई गोल गरे । जर्जिनियो विज्नाल्डमले एक गोल थपे ।
वेस्ट ह्यामका क्रेग डसनले एक गोल फर्काए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाए ।
खेलको ६८ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।
खेलको ८४ औं मिनेटमा विज्नाल्डमले गोल गर्दै लिभरपुललाई ३-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८७ औं मिनेटमा वेस्ट ह्यामका डसनले एक गोल फर्काएपनि लिभरपुल ३-१ ले विजयी भयो ।
जितसंगै लिभरपुल लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
लिभरपुलले २१ खेलबाट ४० अंक जोडेको छ ।
वेस्ट ह्याम ३५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


