बार्सिलोना र बिल्बाओ भिड्दै
आइतबार, माघ १८, २०७७खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज बार्सिलोनाले एथ्लेटिक बिल्बाओसँग प्रतिस्पर्धा गर्दैछ ।
उपाधि दाबेदार बार्सिलोनाले घरेलु मैदानमा बिल्बाओसँग खेल्नेछ ।
बार्सिलोना र बिल्बाओबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा बार्सिलोना जित निकाल्दै शीर्ष तीन भित्र उक्लन चाहन्छ ।
बार्सिलोना १७ खेलमा ३७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
दशौँ स्थानको बिल्बाओको २४ अंक रहेको छ ।
अर्को खेलमा गेटाफेले डिपोर्टिभो अल्भेससँग खेल्नेछ ।
एट्लेटिको मड्रिडले काडिजसँग प्रतिस्पर्धा गर्नेछ ।
ग्रानडाले सेल्टा भिगोसँग खेल्ने तालिका रहेको छ ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


