काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) ले अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन (एफआईएम) बाट सोलिडारिटी ट्रफी प्राप्त गरेको छ ।
नासाले आइतबार एक विज्ञप्ति निकाल्दै एफआईएमको सोलिडारिटी ट्रफी प्राप्त गरेको जनाएको छ ।
'नेपाल जस्ता प्रारम्भिक चरणमै रहेको संघले विश्वव्यापी अवार्ड प्राप्त गर्नु नेपाली अटोमोवाइल्स क्षेत्र र राइडर्सको लागि मात्र नभई सिङ्गो खेलकुद र नेपालकै लागि खुसीको कुरा हो,' संघले विज्ञप्तिमा जनाएको छ ।
एफआईएमको साधारण सभाले नेपालसहित १५ राष्ट्रको संघलाई सोलिडारिटी ट्रफी प्रदान गरेको हो ।
कोभिड-९ को कारण भौतिक र भर्चुअल दुवै माध्यमबाट सम्पन्न सो साधारण सभामा नेपालको तर्फबाट राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य गोविन्द भट्टराई, नासा नेपालका सचिव (मोटरसाइक्लिङ्ग) सन्तोष न्यौपाने र सदस्य दिप्रस शाक्यले सो साधारणसभामा सहभागी जनाएका थिए ।