महिला लिग : पुलिसलाई चन्द्रपुरको चुनौती
आइतबार, १८ माघ २०७७खेलपाटी संवाददाता

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज (आइतबार) एक खेल हुँदैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा नेपाल पुलिस क्लब र रौतहटको चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
पुलिस र चन्द्रपुरबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ ।
आज दुबै टिम जित निकाल्ने लक्ष्यसित मैदान उत्रने छन् ।
पुलिस चन्द्रपुरलाई हराएर दोस्रो जित निकाल्न चाहन्छ ।
पुलिसलाई उपाधि होड कायम राख्न चन्द्रपुरविरुद्ध जित महत्वपूर्ण रहेको छ ।
पुलिस ४ खेलमा ५ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
चन्द्रपुरलाई हराउँन सकेमा पुलिस दोस्रो स्थानमा उक्लने छ ।
चन्द्रपुर पनि दोस्रो जित निकाल्ने योजनामा रहेको छ ।
छैटौं स्थानको चन्द्रपुरले ४ खेलमा ३ अंक जोडेको छ ।
जारी लिगमा अपराजित एपीएफले १५ अंक जोडेको छ ।
एपीएफ शीर्ष स्थानमा रहेको छ ।










-1767098144368.jpg&w=3840&q=75)

-1767081985409.jpeg&w=3840&q=75)
