युभेन्ट्सको सहज जित
आइतबार, १८ माघ २०७७खेलपाटी संवाददाता

एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा युभेन्ट्सले साम्पडोरियालाई २-० गोल अन्तरले हराएको छ ।
साविक विजेता समेत रहेको युभेन्ट्सलाई जित दिलाउन फेड्रिको चिसा र आरोन रामसेले एक एक गोल गरे ।
खेलको २० औं मिनेटमा फेड्रिकोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा रामसेले गोल गर्दै युभेन्ट्सलाई २-० को जित दिलाए ।
जितसंगै युभेन्ट्स लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
युभेन्ट्सले १९ खेलमा ३९ अंक जोडेको छ ।
साम्पडोरिया २६ अंक जोडेर १० औं स्थानमा रहेको छ ।










-1767098144368.jpg&w=3840&q=75)

-1767081985409.jpeg&w=3840&q=75)
