सेमिफाइनलमा माल्दिभ्सको अग्रता
२०१८ सेप्टेम्बर १२, बुधबारखेलपाटी संवाददाता

ढाका। जारी साफ च्यम्पियन्शिप फुटबलको सेमिफाइनल खेलमा माल्दिभ्सले १-० को अग्रता लिएको छ। माल्दिभ्सका लागि कप्तान अब्दुल अक्रम घानीले ९औ मिनेटमा गोल गर्दै अग्रता लिएको हो। उनले प्रहार गरेको फ्रिकिक सिधै गोलमा परिणत भएको थियो ।
सुरुवाती ११ मा नेपालले बंगलादेशविरुद्ध मैदान उत्रेको टोलीमा परिवर्तन गरेको छैन । नेपाली टोलीमा नियमित कप्तान विराज महर्जन परेका छैनन् ।
माल्दिभ्सविरुद्ध भरत खवासले कप्तानी सम्हालेका छन् ।
नेपालको प्लेईङ ११: किरण चेम्जोङ (गोल किपर ), सुमन अर्याल, अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी, रोहित चन्द, निराजन खड्का, सुजल श्रेष्ठ, सुनिल बल, विमल घर्ति मगर, भरत खवास (कप्तान)