काठमाडौं । दक्षिण एसियाली खेलकुदको १३ औं संस्करणका दोहोरो स्वर्ण विजेता करातेका मन्देकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्य आइतबार सम्मानित भएका छन् ।
शान्ति फाउन्डेसन नेपालले दुवैलाई सानेपामा आयोजित एक कार्यक्रमबीच सम्मान गरेको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले सम्मान पत्र प्रदान गरी सम्मान गरे ।
मन्देले एकल र टिम कातामा स्वर्ण जितेका थिए । आयशाले एकल र पेयर पुम्सेमा पहिलो स्थान हात पारेकी थिइन् ।
मन्दे नेपाल खेलकुद पत्रकार मञ्चले वर्षेनी आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डअन्तर्गत वर्ष २०७६ का उत्कृष्ट पुरुष खेलाडी अवार्ड विजेता पनि हुन् ।
आयशाले पनि सोही अवार्डअन्तर्गत स्पेसल अवार्ड जितेकी थिइन् ।