काठमाडौं । खेलकुद अभिमुखिकरण अन्तरक्रिया कार्यक्रम शुक्रबार सुरु भएको छ ।
बार्दियाको ठाकुरद्वारमा दुई दिने अन्तरक्रिया कार्यक्रम सुरु भएको हो ।
युवा तथा खेलकुद मन्त्री दावा तामाङले कार्यक्रमको उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री तामाङले यस किसिमका अभिमुखी कार्यक्रमले खेल क्षेत्रलाई चलायनमान बनाउने धारणा व्यक्त गरे ।
राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले खेल क्षेत्रलाई पूरानै अवस्थामा फर्काउने प्रतिबद्धता व्यक्त गर्दै अभिमुखीकरण कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरिने जानकारी दिएका थिए ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले खेलकुद विकास ऐन २०७७ को बारेमा प्रकाश पारेका थिए ।
अन्तरक्रिया कार्यक्रममा राखेप सदस्यसचिव सिलवाले खेल व्यवस्थापनका बारेमा परीक्षार्थीहरूलाई प्रशिक्षण गराएका थिए ।
डा.मिलन केसीले स्पोर्ट्स मेडिसिन र डोपिङका बारेमा प्रशिक्षण दिएका थिए ।
रमण नेपालीले मोटिभेसन, राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले प्रशासनिक सहजीकरण र संयोजन सम्बन्धि जानकारी गराएका थिए ।
त्यसैगरी तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुनबहादुर विकले आफ्नो विभागका व्यवस्थापन बारे प्रशिक्षण दिदा ह्यान्डबल प्रशिक्षक हिमाल दाहालले प्रशिक्षक प्रशिक्षण सम्बन्धि, रिता प्रजापतिले खेल समाजशास्त्र र लैंगिक हिंसा र सुलोचना सुजाखाले खेल मनोविज्ञानबारे प्रशिक्षण दिएका थिए ।
अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका प्रशिक्षक तथा कार्यलय प्रमुख, अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी तथा ओलम्पियनहरू गरी कुल १ सय २५ जनाको उपस्लेथिति रहेको छ ।
कार्यक्रम शनिबारसम्म सञ्चालन हुनेछ ।