काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापामाथिको निलम्बन फुकुवा गरेको छ ।
एन्फा कम्प्लेक्समा सोमबार बसेको कार्यसमिति बैठकले ललितपुर जिल्ला अध्यक्ष थापाको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।
सामाजिक सञ्जालमा बरिष्ठ उपाध्यक्षविरुद्ध अपशब्द प्रयोग गर्दै मानमर्दन गरेको आरोपमा एन्फाले गत बैशाखमा थापालाई निलम्बन गरेको थियो ।
यस्तै एन्फाले मनाङ, खोटाङ र नवलपरासी सुस्ता पूर्व जिल्लाहरुलाई एन्फा सदस्यता प्रदान गर्न साधारणसभामा निर्णयार्थ प्रस्तुत गर्ने निर्णय गरेको छ । साधारण सभाले पारित गरेमा एन्फाको सदस्य जिल्ला ४८ पुग्नेछ ।
बैठकले कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा गरिएको तदर्थ समितिलाई मान्यता दिने निर्णय गरेको छ ।
राष्ट्रिय टोलि तयारी समितिका संयोजक मधुसुदन उपाध्यायले प्रस्तुत गरेको खेलाडीको आचारसंहिता पारित गर्ने निर्णय गरेको छ ।
एन्फाले कोषाध्यक्ष रविन्द्र जोशीले पेश गरेको आर्थिक प्रतिवेदन साधारणसभामा प्रस्तुत गर्ने निर्णय समेत गरेको छ ।
जोशीले अनुमति ८५ करोड ६६ लाख ४२ हजार २ सय ४० रुपैयाँको बटेजलाई साधारणसभामा प्रस्तुत गरिने छ ।
थप निर्णय -