काठमाडौं । पहिलो संस्करणको प्रभातेश्वर पुरुष भलिबल कप प्रतियोगिताको उपाधिका लागि महाकाल र एमभीटीसी भिड्ने भएका छन् ।
काठमाडौंको थानकोटस्थित प्रभातेश्वर महादेवको प्राङ्गगणमा शुक्रबार भएको सेमिफाईनल खेलमा महाकाल र एमभीटीसीको ए टिमले ३–० को सोझो सेटमा जित हात पारेका हुन् ।
पहिलो सेमिफाईनलमा महांकालले शान्त पोखरालाई २५–२०, २५–२१ र २५–२२ को सेटमा पराजित गर्यो ।
दोस्रो सेमिफाईनलमा एमभीटीसीको ए टिमले ढोरपाटनलाई २५–१५, २५–२६ र २५–२२ को सेटमा हरायो ।
फाईनल खेल शनिबार हुनेछ ।
प्रभातेश्वर स्पोर्टस क्लबको आयोजनामा सञ्चालित प्रतियोगितामा १६ टिम सहभागी छन् ।
प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।