काठमाडौं । ढोरपाटन क्लब र महांकाल भलिबल क्लब पहिलो संस्करणको प्रभातेश्वर पुरुष भलिबल कप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
थानकोटस्थित प्रभातेश्वर महादेवको प्राङ्गणमा बिहीबार भएको क्वाटरफाइनलमा ढोरपाटनले गीतान्जली कलेजलाई ३-१ को सेटमा पराजित गर्यो ।
सेमिफाइनल पुग्ने क्रममा ढोरपाटनले गीतान्जलीलाई २८-२६,२८-२६,२२-२५ र २८-२६ को सेटमा पराजित गर्यो ।
अब ढोरपाटनले सेमिफाइनलमा एमभिटिसीसँग खेल्नेछ ।
एमभिटिसीले बिहीबार नै आरजे भलिबल ग्रुपलाई २५-१७,२५-२० र २५-२२ को सेतना पराजित गर्यो ।
यस्तै महांकालले फाइभ स्टारलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
महांकालले फाइभ स्टारमाथि २५-१२,२५-२१ र ३०-२८ को सेटमा जित निकालेको हो ।
अब महांकालले श्री शान्त सेकेण्डरी स्कुल पोखरासँग खेल्नेछ ।
शान्त पोखराले क्वाटरफाइनलमा आयोजक प्रभातेश्वरमाथि २५-१५,२५-१६,२२-२५,२४-२६ र १५-११ को सेटमा जित निकाल्यो ।
प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।