काठमाडौं । नेपाली राष्ट्रिय पुरुष भलिबल टिमका स्पाइकर हरि बहादुर अधिकारी वैवाहिक बन्धनमा बाधिने भएका छन् ।
त्रिभुवन आर्मी क्लबका हरिले प्रेमिका पवित्रा खड्कासँग विवाह गर्न लागेका हुन् ।
करिब दुई वर्षबाट रहदै आएको प्रेम सम्बन्धलाई हरिले विवाहमा परिणत गर्न लागेका हुन् ।
इनरुवा घर भएकी खड्का शिक्षण पेशामा रहेकी छिन् ।
हरिले सुर्यविनायकको पार्टी प्यालेसमा माघ २ गते विवाह गर्नेछन् ।
हरिले सन् २०१७ मा माल्दिभ्समा भएको तेस्रो एभीसी सेन्ट्रल जोन भलिबलबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए । जसमा नेपालले कास्य पदक हासिल गरेको थियो ।