काठमाडौं । ढोरपाटन भलिबल क्लब र आरजी भलिबल ग्रुपले पहिलो संस्करणको प्रभातेश्वर पुरुष भलिबल कप प्रतियोगितामा जित हात पारेका छन् ।
काठमाडौंको चन्द्रागिरीमा सोमबार ढोरपाटनले केएस युवा क्लबलाई २५-१५ र २५-९ ले पराजित गर्यो । ढोरपाटनका प्रविन कला मगर म्यान अफ दि म्याच चुनिए ।
आरजीले दुप्चेश्वोर गाउपालिकालाई २५-१६ र २५-२० ले पराजित गर्यो । आरजीका तुला सिंह सुनुवार म्यान अफ दि म्याच चुनिए ।
त्यस्तै महांकाल भलिबल क्लबले एमभीटिसी 'ए' लाई २५-१६ र २५-२३ ले हराएको छ । महांकालका हिक्मत शाही म्यान अफ दि म्याच चुनिए ।
प्रभातेश्वर स्पोर्ट्स क्लबले मुगु रारा युथ क्लबलाई २५-१३ र २५-२० ले हराएको छ । प्रभातेश्वरका जेम्स मगर म्यान अफ दि म्याच चुनिए ।
त्यस्तै एमभीटिसीले देउराली युवा क्लबबाट बाइ पाएको छ ।
प्रभातेश्वर स्पोर्टस क्लबको आयोजनामा शनिबार सुरु प्रतियोगितामा १६ टिम सहभागी छन् ।
समूहका शीर्ष दुई टिमले नकआउट चरणमा स्थान बनाउनेछन् । प्रतियोगिताको फाईनल खेल माघ ३ गते हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।